Rule 39
मूल नियमावलीको नियम ६१ मा संशोधन

.मूल नियमावलीको नियम ६१ को,–
(१) उपनियम (१) मा रहेका ‘प्राप्त भएको’ भन्ने शब्दहरु पछि ‘वैदेशिक’ भन्ने शब्द थपिएकोछ ।

(२) उपनियम (१) पछि देहायको उपनियम (१क.) र (१ख) थपिएका छन् ः–

“(१क.) सेवा, समूह, उपसमूहलाई उपयोगी र आवश्यक हुने कुनै विषयमा स्वदेश स्थित कुनै विश्वविद्यालय वा त्यस अन्तरगतको कुनै अध्ययन संस्थान वा संकायबाट
प्राप्त छात्रवृत्ति वा कोटामा वा नेपाल सरकारको खर्चमा अध्ययनको लागि मनोनयन गर्न सम्बन्धित निकायले सिफारिस गरी पठाएकोमा ऐनको दफा ४०ख. को उपदफा (३) को समितिबाट स्वीकृत भएमा त्यस्ता निजामती कर्मचारीलाई सो अध्ययन अवधिभर अध्ययन बिदा दिन सकिनेछ ।

(१ख.) आपूm कार्यरत सेवा, समूह वा उपसमूहको लागि उपयोगी र आवश्यक हुने विषयमा विभिन्न मुलुुक वा नेपाल सदस्य रहेका अन्तर्राष्ट्रिय संस्थाबाट छात्रवृत्ति प्राप्तध  गर्ने गरी नेपाल सरकारको पूर्व स्वीकृित लिई विश्वव्यापी प्रतिस्पर्धामा छनौट भई विदेशमा अध्ययन वा तालिममा सहभागि हुने अवसर पाएका निजामती कर्मचारीलाई समेत उपनियम (१) बमोजिम मनोनयन गरी अध्ययनको लागि अध्ययन बिदा र तालिमको लागि तालिम काज दिन सकिनेछ ।”

(३) उपनियम (५) मा रहेका ‘निजी प्रयासमा’ भन्ने शब्दहरु पछि ‘स्वदेशमा तथा विदेशमा’ भन्ने शब्दहरु थपिएका छन् ।

(४) उपनियम (७) पछि देहायका उपनियम (८) र (९) थपिएका छन् ः–
(८) एउटा शैक्षिक संस्थामा अध्ययन गर्नको लागि अध्ययन बिदा लिएको निजामती कर्मचारीले पूर्व स्वीकृति विना सो शैक्षिक संस्था परिवर्तन गर्न पाउने छैन । यसरी शैक्षिक संस्था परिवर्तन गरेमा वा सो शैक्षिक संस्थामा अध्ययन नगरेमा निजको सो अध्ययन बिदा
स्वतः रद्द हुनेछ । यसरी बिदा रद्द भएको विवरण सम्बन्धित निकायले सामान्य प्रशासन मन्त्रालय र निजामती कितावखानामा पठाउनु पर्नेछ ।

(९) यस नियम बमोजिम अध्ययनको लागि एक पटक वेतलवी अध्ययन बिदा
स्वीकृत भई सके पछि सो बिदाको अवधिलाई तलवी अध्ययन बिदामा परिणत गरिने छैन